माओवादीले फिर्ता बोलायो अमनलाल मोदीलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साह मन्त्री बन्ने स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन आज आइतबार मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स