नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै ५० रूपैयाँ दरको सि.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० थान रिचार्ज कार्ड हराएको जनाएको हो ।

कम्पनीले ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरेको छ।

कम्पनीलेती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स