नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा सम्पन्न, गौरव शारदा पुनःअध्यक्षमा निर्विरोध चयन

काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा साउन १८ गते काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।

सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले भने, ‘अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत Colour Coding, Labeling, Maximum Filling Pressure, Gas Information, Periodic Inspection Details आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।’

संघले आगामी दिनमा लिक्उइड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

अध्यक्ष शारदाले थपे, ‘नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगहरूको उत्पादन माग भन्दा धेरै रहेकोले लिक्उइड अक्सिजन आयात गर्न आवश्यक छैन । लिक्उइड अक्सिजनको आयातले गर्दा देशभरी सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा परेको छ । यसरी अक्सिजन ग्यासमा नेपाल भारतर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स