घटस्थापनाको दिन यति धेरैले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । घटस्थापनाको दिन (बिहिबार) छापावाला सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

बुधबार, सुन प्रतितोला ८९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज भने ५ सय रूपैयाँले बढेर ९० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदी प्रतितोला ११ सय ६० रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स