ललिता निवास जग्गा प्रकरणः पक्राउ पुर्जी जारी भएका हाई प्रोफाइल को को ?

काठमाडौं । प्रहरीले बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका चार हाई प्रोफाइलको पक्राउ पुँर्जी लिएर अनुसन्धान थालेको छ । प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर अनुसन्धान थालेको हो ।

सर्वोच्च अदालतले पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साह र चन्द्रदेव जोशीविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता सञ्जयसिंह थापाले बताएका छन् ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले यस्तो आदेश आदेश दिएको हो ।

२०४९ देखि विभिन्न चार वटा वर्षमा मन्त्रिपरिषद् सहितको निकायबाट निर्णय गरेर ललिता निवासको जग्गा हत्याएको प्रहरीको अनुसन्धानमा देखिएको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले ललिता निवास प्रकरणमा किर्ते र संगठित अपराधमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । प्रहरीले २ वर्षअघि नै प्रहरीले यस घटनामा अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयबाट अनुसन्धान नपुगेको भन्दै फाइल फिर्ता भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स