काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १.६४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा भने २०.०४ प्रतिशतले घटेर ६४ करोड ४० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको बितरणयोग्य नाफा ८० करोड ५५ लाख रुपैयाँ रहेको थियो । असार मसान्तसम्म आइपुग्ग्दा खुद ब्याज आम्दानी २३.५७ प्रतिशत र सञ्चालन नाफा २.२४ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ विकास बैंकको निक्षेप संकलन ११.२५ प्रतिशत र कर्जा लगानी पनि ९.१५ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर आम्दानी ३४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ छ ।