बनेपामा फुटबल एकेडेमी स्थापना

काभ्रे । बनेपामा फुटबल खेलको विकासका लागि क्रियाशील दुई क्लबको सहकार्यमा फुटबल एकेडेमी स्थापना गरिएको छ ।

बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट क्लबको सहकार्यमा उक्त एकेडेमी स्थापना गरिएको हो । एकेडेमीले आफ्नो स्थापनासँगै सातदेखि १७ वर्षसम्मका बालबालिकालाई फुटबलको प्रशिक्षणसमेत दिन सुरु गरेको छ । एकेडेमीले हाल ६० बालबालिकालाई बनेपा पोलिटेक्निकस्थित मैदानमा फुटबल प्रशिक्षण दिइरहेको छ । काभ्रे जिल्ला फुटबल संघसँगको सहकार्यमा स्थापना गरिएको एकेडेमीको अध्यक्षमा निरोज शाक्य, उपाध्यक्षमा मनिष भोछिभोया, सचिवमा सागर मानन्धर र कोषाध्यक्षमा कञ्चन नापित रहेका छन् ।

यस्तै सदस्यमा रसिला जर्घामगर, अनिश लामा र राहुल श्रेष्ठ रहेका छन् भने सल्लाहकारमा बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरोज श्रेष्ठ र एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठ, सञ्चारकर्मीद्वय विनोद न्यौपाने र केशवराज पौडेल रहेका छन् ।

बालबालिकालाई सानै उमेरदेखि फुटबल खेलप्रति आकर्षित गर्दै प्रशिक्षण दिने र उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको जनाइएको छ । एकेडेमीले निकेश नापितलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स