अब विदेशबाट आउने महिलाले ५० ग्राम र पुरुषले २५ ग्रामसम्म सुन ल्याउँदा भन्सार तिर्नु नपर्ने

काठमाडौं । अब विदेशबाट आउने महिलाले ५० ग्राम र पुरुषले २५ ग्रामसम्म सुन ल्याउँदा भन्सार तिर्नु नपर्ने भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज एक सूचना जारी गर्दै महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्रामसम्म सुन ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था गरेको हो ।

त्यस्तै, विदेशबाट फर्कनेले एक व्यक्तिले थप २०० ग्रामसम्म भन्सार महसुल तिरेर सुनका गहना ल्याउन पाउने छन् । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा अ‍ौंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने सूचनामा उल्लृख गरिएको छ ।

भन्सार कार्यालयले मोबाइल भने आफुले प्रयोग गरिरहेको ल्याउँदा भन्सार नलाग्ने जनाएको छ । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेर फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोवाइल भन्सार नतिरी ल्याउन पाउनेछन् ।

यसैगरी, श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरेर फर्केको भएपनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाले भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउनेछन् । यी दुई अवस्था बाहेक सबै टेलिभिजनहरूमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स