बेष्ट फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८७ प्रतिशत कम हो।

कम्पनीको सञ्चालन मुनाफा ५ करोड ५८ लाख रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा २० करोड ९४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ७३.३४ प्रतिशतले कम रहेको छ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि फाइनान्सको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०.९९ प्रतिशत बढेको छ। फाइनान्सको निष्क्रिय कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ३३ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १५.७१ प्रतिशत बढेको छ भने कर्जा १२.३३ प्रतिशत बढेको छ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १५ रुपैयाँ ६५ पैसा घटेर ४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७१ पैसा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स