काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख १२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १४ सय २५ रूपैयाँ कायम भएको छ ।