हाम्रोअर्थ आजदेखि तेस्रो वर्षमा, निर्भिक पत्रकारिता मूल मन्त्र

प्रकाशकीय

‘दिगो विकास, समृद्ध नेपाल’ लाई आफ्नो मूल मन्त्र बनाएर सदैव अर्थतन्त्र सुधारको पक्षमा कलम चलाउँदै आएको परिसूचक मिडियाद्वारा सञ्चालित हाम्रोअर्थ डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

निश्पक्ष र जिम्मेवार पत्रकारिता गर्ने प्रतिवद्धताका साथ सुरु भएको हाम्रो यात्राको ऊर्जाशील यो समयमा हामीलाई साथ दिनुहुने हाम्रा आदरणीय पाठक वर्ग, विज्ञापनदाता, समग्र अर्थतन्त्रका हिमायती (निजी क्षेत्रः बैंक तथा वित्तीय संस्था, कर्पोरेट हाउस) शुभेच्छुकज्यूहरूमा आभार व्यक्त गर्दै स–धन्यवाद ज्ञापन गर्दछौं । यहाँहरूले आगामी दिनमा पनि यसरी नै हामीलाई माया र सदभाव राखिदिनु हुन्छ भन्ने हाम्रो दृढ विश्वास र अपेक्षा छ ।

मानव जीवनको अत्यन्त कठिन कालखण्डमा समेत यहाँहरूबाट प्राप्त माया, सद्भाव, दृढ विश्वास र निरन्तर सहयोगले हामीलाई कर्म क्षेत्रमा अघि बढ्नमात्रै सिकाएको छैन, प्रतिवद्ध भएर खबरदारी गर्दै जिम्मेवार बन्न सिकाएको छ । यहाँहरूबाट प्राप्त रचनात्मक सुझाव र शुभेच्छाले हामीलाई यस क्षेत्रमा अझ प्रतिवद्ध र निर्भिक हुन मार्गनिर्देश गरेको छ ।

तथ्य र यथार्थपरक समाचार विश्लेषणात्मक हिसावले प्रस्तुत गर्नु हाम्रो धर्म र मूल मर्म हो । आर्थिक पत्रकारिताको माध्यमबाट देश र समाजमा भएका विविध पाटाहरूलाई समृद्धीसँग जोडेर उधिन्नुमात्र नभइ विकृतिलाई उधिन्याउनु पनि हामीले हाम्रो कतव्र्य सम्झन्छौं । आर्थिक अनियमितता र भ्रष्टाचारका विरुद्धमा कलम चलाउँदै सुशासनका पक्षमा लड्दा आफूलाई सौभाग्यशाली पनि ठानेका छौं ।

हामी यो अनलाइन सञ्चार माध्यम (हाम्रोअर्थ डटकम) लाई आर्थिक सूचना तथा समाचारको संवाहकको रुपमा अगाडि बढाउने प्रयास गरिरहेका छौं । अझ भन्नु पर्दा हाम्रोअर्थद्वारा सम्प्रेसित समाचारले नीति निर्मातादेखि उद्यमी व्यवसायीलाई समेत नेपाललाई विकासशील मुलुकमा रुपान्तरण गर्न सहयोग मिल्छ भन्ने हाम्रो ध्येय हो । हामीबाट सम्प्रेसित समाचार तथा गहन विषयवस्तुले देश विकासमा समेत अहम भूमिका खेल्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।

यहि सत्यलाई आत्मसाथ गर्दै अघि बढेका हाम्रा हरेक पाइलामा यहाँहरूले देखाउनु भएको सदासयता हाम्रा लागि अमूल्य पुँजी हुन् । सूसुचित गर्ने अभियानका जुटेका हामीबाट समाचार लेखनको क्रममा विषयवस्तु पस्कदा कोहि कसैलाई लक्षित भएमा क्षमाप्राथी छौ ।

न्यायिक समाज, समान पहुँच अभिवृद्धिका लागि बढेका हाम्रा पाइलालाई निरन्तर हातेमालो गरी सघाउनु हुने आम पाठकवर्ग, विज्ञापनदाता, मार्गनिर्देश गर्ने सम्पूर्ण स्वजनप्रति हृदयदेखिनै आभार व्यक्त गर्दछौं ।

सोबितराम कार्की
अध्यक्ष

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स