इसेवाबाट अब कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अब कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ।

यो योजना कुमारी क्यापिटलको म्युचुअल फन्डको वेबसाइटमा इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौत पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

यसका साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी-सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारमा गएका श्रमिकले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेज उपयोगी हुनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्।

यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा प्वइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज र बसको टिकट, स्कुल तथा कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स