काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ६० रूपैयाँ कायम भएको छ ।