बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ७.८७ रूपैयाँ र डिजेल प्रतिलिटर ६.६१ रूपैयाँले बढेर आएको छ ।

त्यस्तै, मट्टीतेल प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ।

आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको छ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल, काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स