त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जाम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा चाप बढेकाले एयर ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।

एयर ट्राफिक जामले यात्रुको गुनासो बढेको छ । जहाज लामो समयसम्म होल्ड हुनुपर्ने अवस्था छ । बीस मिनेटदेखि डेढ घण्टासम्म जहाज होल्ड हुने गरेको बताइएको छ । क्षेत्रीय विमानस्थल बेस भएर उडान गर्ने भनिए पनि अहिले सबै वायुसेवा प्रदायकले काठमाडौं विमानस्थलबाटै पहिलो उडान गर्ने भएकाले विमानस्थलमा ट्राफिक जाम हुने गरेको छ ।

विमानस्थलले भने उडान चापलाई दृष्टिगत गरी आवश्यक व्यवस्थापनमा जुटेको जनाएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा भन्दा दशैं, तिहारलगायत चाडपर्वका बेला जहाजको उडान सङ्ख्या स्वाभाविक रुपमा बढ्छ । यस पटक वायुसेवा प्रदायकको जहाज सङ्ख्या पनि बढेको र सेडुल उडान पनि बढी भएकाले त्यति धेरै समस्या नहुने अनुमान गरिएको छ । ‘सामान्य अवस्थाभन्दा अक्टोबर महिनाभर उडान सङ्ख्या बढ्छ । उडान सङ्ख्या बढ्नसक्ने अवस्थाको आंकलन गरी पूर्वाधारको तयारीमा जुटेका छौं, त्यो भनेको स्लट व्यवस्थापन मिलाउने र भरसक बिहान र दिउँसो मात्रै चाप हैन साँझको उडानलाई प्राथमिकता दिनेगरी व्यवस्थापन गरिरहेका छौं,’ प्रवक्ता शेर्पाले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स