नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

काठमाडौं । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेको हो ।

उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स