दशैंमा कुन एयरलाइन्सको कति उडान ?

काठमाडौं । सामान्य अवस्थाभन्दा दशैंमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दशैंमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ । अहिले आन्तरिक उडान व्यवस्थापन गर्न पनि विमानस्थललाई हम्मेहम्मे परेको छ । एक घण्टाको अन्तरालमा १५ भन्दा बढी उडान व्यवस्थापन गर्नु परिरहेको छ ।

एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स