बुद्ध एयरले थप नयाँ एटिआर जहाज भित्र्याउँदै

काठमाडौं । आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटिआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औं जहाज आगामी डिसेम्बर महिनाभित्रै नेपाल भित्रिने जनाएको छ । बुद्धले १४औं एटिआर जहाज भित्र्याउन लागेको हो । एटिआर-७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।

यता श्री एयरलाइन्सले पनि आफ्ना छ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दशैंमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले पाँचवटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स