बागमती प्रदेशमा चलने सार्वजनिक यातायातको भाडा घट्यो, काठमाडौंमा न्यूनतम भाडा १८ रुपैयाँ, अन्यको कति ?(सूची सहित)

काठमाडौं । बागमती प्रदेशमा चलने सार्वजनिक यातायातको भाडा दर घटेको छ । बागमती प्रेदश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले आज बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात (ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गरेकोमा अब १ रुपैयाँले घटेर १८ रुपैयाँ भाडा लागू हुने छ । त्यस्तै, उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ पर्नेमा भोलिबाट २४ रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स