नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्ल र बंगलादेशका राजदूत सल्लाहुद्धिनबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र बंगलादेशका महामहिम राजदूत सलाहुद्धिन नोमन चौैधरी बीच चेम्बर भवन जमलमा आज भेटवार्ता भएको छ । बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलाई चेम्वर भवनमा स्वागत गर्नु हुँदै चेम्वर अध्यक्ष राजेन्द्र मल्लले नेपाल र बंगलादेश भौगोलिक रुपले धेरै नजिक भएतापनि दुई मुलुकबीच अपेक्षित रुपमा व्यापार सम्वन्धमा बढ्न सकेको छैन ।

सार्क, बिम्सटेक, बिबिआइएन जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एकअर्कालाई सहयोग गर्दै आइरहेको उनले बताए । यस भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल र बंगलादेश बीच आर्थिक सम्वन्ध वृद्धि गर्न प्रसस्त संभावना रहेको बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्क तथा बंगलादेशमा नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेश भएमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने बताए ।

नेपाल र बंगलादेश बीच ,सडक तथा रेल्वेको माध्यमबाट पनि सोझै आयात तथा निर्यात गर्न सकिने भएकोले यस तर्फ दुवै मुुलुकले संयुक्त रुपले पहल गरिनु पर्ने बताए । सो अवसरमा अध्यक्ष मल्ल बंगलादेशको अर्थतन्त्रले दु्रततर गतिले अघि बढि रहेको सन्दर्भमा नेपालले जलबिद्युत निर्यात गर्न सक्ने संभावना रहेकोले बंगलादेशबाट उर्जा क्षेत्रमा लगानी हुन सकेमा दुवै पक्षलाई फलदायी हुने बताए । सो अवसरमा राजदूत सल्लाहुद्धिन नोमन चौधरीले नेपाल भौगोलिक रुपले बंगलादेशको तेश्रो निकटतम मुलुक भएको दर्शाउदै यो निकटता आर्थिक सम्वन्धमा प्रतिबिम्वित हुन नसकेको बताए । बंगलादेशले नेपालबाट आयात गर्न सकिने वस्तु महंगोमा तेश्रो मुलुकबाट आयात गरेको बताए ।

नेपाली मालवस्तुको आयातमा सुबिधायुक्त प्रवेशको लागि सम्वन्धित निकायमा छलफल गरिने बताए । बंगलादेशले तयारी पोशाक तथा औषधीको उत्पादनमा बिशिष्टता हाशिल गरि सकेको हुँद सो क्षेत्रमा बिदेशी लगानी आउन सक्ने संभावना बताउँंदै सोको लागि सुबिधायुक्त बिशेष आर्थिक क्षेत्र उपलब्ध हुनु पर्ने र उर्जा क्षेत्रमा पनि बंगलादेशले लगानी गर्ने सम्भावना रहेको बताए ।

नेपाल बंगलादेश बीच २० वटा निकासी योग्य वस्तुहरुमा पारस्परिक रुपमा सुबिधायुक्त प्रवेशको लागि पहल भइरहेको बताउँंदै प्रस्तुत व्यवस्था दुवै पक्षबाट सहमति भएमा दुई मुलुक वीचको आर्थिक सम्वन्ध बिस्तार हुने बताए । उक्त अवसरमा वंगलादेश दुतावासका उप नियोग प्रमूख इस्राप जहां र नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्षद्धय दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठ एवम कार्य समिति सदस्यहरु सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल तथा निरज राइको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स