काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।
यसअघिका एयरपोर्ट भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
एक सय किलो सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुख फेरेको हो ।