आजबाट अमेरिकि नागरिक बन्ने चिठ्ठा खुल्यो, यस्तो छ नियम

काठमाडौं । अमेरिकी सरकारले आजदेखि डिभी लोटरी २०२३ का लागि दर्ता खुलाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपाली समय बेलुका ९ः४५ बजेदेखि डिभी लोटरी भर्न सकिने छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । त्यस्तै डिभी भर्ने व्यक्तिले ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग गर्न पाउने छैन ।

त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिने छ ।

विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स