काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जनामा संक्रमण देखिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको छ ।
देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।