प्रहरी समेत मुछिएको ३३ किलो सुन तस्करी प्रकरणः ४ वर्षपछि गोरे सहित ६ जनालाई जन्मकैद

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण ४ वर्षपछि गोरे भनिने चुडामणि उप्रेदीसहित ६ जनालाई जन्मकैद र दुई जनालाई दोषी ठहर गरेको छ । सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका हुन् । अन्य आरोपीले भने सफाइ पाएका छन् ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष ६ महीना कैद सजाय सुनाइएको छ ।

अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो ।

तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप लगाइएको थियो । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स