नागरिक लगानी कोषले नियमित ब्याजमा थप १.५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले अगाडि बढाएका विभिन्न बचत कार्यक्रमका सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीलाई सोही आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिएको थियो ।

यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिका लागि एक अर्ब ८१ करोड खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

अन्य छ कोषमा पनि यही कोषको आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स