काठमाडौं । काठमाडौंको चावहिलमा महिला र पुरुष दुबैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन भोलि साउन १ गतेदेखि सञ्चालमा आउँदैछ । सलुनका सबै सेवा उपलब्ध गराउने गरी ‘दि स्टाइल जोन’ नामक नयाँ सलुन सञ्चालनमा आउने भएको हो ।
२५ लाख लगानीमा सुरु गरिएको उक्त युनिसेक्स सलुनमा साउन महिनाभरी ग्राहकले जुनसुकै सेवामा २५ प्रतिशत छुट पाउने छन् । भोलि उद्घाटन हुने सलुनमा विश्व बजारमा चलेका सेवाहरू उत्कृष्ट ढंगबाट पाउन सकिने सलुनकी प्रबन्ध निर्देशक निलन मिश्रले जानकारी दिइन ।
विवाह र बच्चा भएपछि बैंकको जागीर छाडेर घरमा बसेकी मिश्रले बच्चाको साथै आफ्नो करियर ग्रोथ गर्न सलुन स्थापना गरेकी हुन् । ‘घर बसेपछि मलाई आफै उद्यमी बन्ने अर्थात केहि गरौं भन्ने चाहना जागृत भयो,’ उनले भनिन् ‘त्यसैलाई साहाकार पार्न सलुन सञ्चालनमा ल्याएकी हुँ । यो व्यवसाय सुरु गर्न मलाई मेरो परिवारको पूर्ण साथ र सहयोग सहयोग छ ।’
‘भोलिदेखि सञ्चालन हुने युनिसेक्स सलुनमा उनले ५ जनालाई रोजगारी दिएकी छिन् । एक हजार स्वायर फिटमा फैलिएको उनको सलुनमा प्रशस्त सवारीसाधन पार्किङको सुविधा छ । ‘चावहिलबाट भत्केको पुल जाने मेन बाटोमा क्लिन्टन स्कूल पर्छ र त्यहि स्कूलको अपोजिट साइटमा मेरो पार्लर छ, उनले भनिन् ।
युनिसेक्स सलुनमा सबै उमेर, वर्गका ग्राहकका लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, मेहेन्दी, ब्राइडल प्याकेज, स्किन केयर, आई ल्यासेस बनाउने तथा मिलाउने, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध भएको उनले बताइन् ।