घट्यो पेट्रोल, डिजलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजलको मूल्य घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

जसअनुसार, निगमले डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । वर्ग अनुसार भने मूल्य फरक फरक पर्ने छ ।

निगमले अब उप्रान्त पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र नाफा खाने जनाएको छ । खाना पकाउने ग्यासमा भने नाफा नलिई लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ।

हाल नेपालमा पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेल १४७.५० रुपैयाँमा बिक्री हुँदै आएको छ।

खाना पकाउने ग्यासमा १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ । अब डिजेलको मूल्य काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँ कायम भएको छ । कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४६ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १७९० रुपैयाँ कायम भएको छ ।

अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन । यो निगम सञ्चालक समितिले तोकेअनुसार हुने नियमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

सीमा मूल्यको अन्तर हेर्दा भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३.२७ रूपैयाँ सस्तो पर्ने छ । मटीतेल र डिजेलमा प्रतिलिटर ९.९४ पैसा सस्तो पर्ने छ ।

हवाई इन्धन अन्तर्गत आन्तरिक तर्फ २३.८१ सस्तो पर्ने छ भने बाह्य इन्धनमा भने केही महँगो पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स