भारतबाट पेट्रोलको मूल्य घटेर आउँदा डिजेलको भने बढेर आयो

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३४ पैसा र डिजल लिटरमा २.४७ रुपैयाँले बढेर आएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ ।

हाल नेपालमा पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेल १४७.५० रुपैयाँमा बिक्री हुँदै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स