बैंकहरूले घटाए ब्याजदर, एनएमबिमा पैसा राख्दा बढी ब्याज, कर्जा राष्ट्रिय वाणिज्य बैंकमा सस्तो

काठमाडौं। बैंकहरूले साउन महिनाको लागि ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघले बैंकहरूलाई आफै ब्याजदर तोक्न सक्ने भनेपछि बैंकहरूले साउन महिनाको लागि ब्याजदर घटाएका हुन् । बजारमा तरलता अभाव भएपछि बैंकहरूले ब्याजदर सहमतिमा निर्धारण गर्दै आएका थिए । यहि असार २८ गते बसेको बैठकले बैंकको ब्याजदर अब सहमतिमा निर्धारण नगरी बैंकले नै स्वतर्फूत रुपमा गर्ने सहमति भएको छ ।

बैंकहरूले गर्दै आएको भद्र सहमति तोडेपछि साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन् । जसअनुसार बैंकनै पिच्च्छे ब्याजदर फरक फरक देखिने भएको छ । आधाभन्दा बढी बैंकले घटाएका छन् भने केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याज दर बढाएका छन् । बैंकले अवधि हेरेर ब्याज पनि फरक फरक राखेको छ ।

सार्वजनिक ब्याजमध्ये एनएमबिले सबैभन्दा धेरै ब्याज दिने घोषणा गरेको हो । यसअघि सबै बैंकको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ प्रतिशत थियो । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्मले घटाउन वा बढाउन सकिन्छ ।

एनएमबि बैंकले मुद्दतीमा फरक–फरक अवधिको ब्याज दर तोकेको छ । बैंकले मुद्दती कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिनेछ । बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ ।

नबिल बैंकले पनि ब्याजदर बढाएको छ । यही व्यवस्थालाई टेकेर नबिलले मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याजजदर तोकेको छ । मुद्दतीमा बैंकले कम्तिमा ९.४९ प्रतिशत ब्याज दिने छ । बचतमा बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ ।

ब्याज बढाउनेमा प्राइम कमर्सियल र कुमारी बैंक पनि छन् । प्राइमले मुद्दतीमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ ।

आज ब्याजदर प्रकाशित गरेका १८ बैंकमध्ये कुमारी बैंकले अधिकतम १०.०१ प्रतिशत ब्याज दिने छ । न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने छ । बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने छ।

१० वटा बैंकले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटाएका छन्।

घटाउने दर पनि फरक–फरक छ । ग्लोबल आइएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोक्नेछ । मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत, ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ ।

माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत, ब्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर तोक्नेछ ।

यस्तै, प्रभु बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

नेपाल एसबिआई बैंकले सबै बचत खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ८.९८ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

यस्तै, कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दती निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।

साउनमा बैंकको निक्षेपको ब्याजदर घटबढ गरेपनि कर्जाको ब्याजदर सबै बैंकले घटाएका छन् । अधिकांश बैंकहरुको आधार दर समेत घट्दो क्रममा छ । कर्जामा सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिन्छ । बैंकहरूले आधार दरमा प्रिमियम जोड्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ८.२४ प्रतिशतमा झरेको छ । साथै, बैंकले १.५ प्रतिशतसम्म प्रिमियम लिने बताएको छ ।

अधिकांश बैंकहरूले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स