यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका १५ निर्णय

काठमाडौं । सरकारले असार २६ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निणर्यहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले उक्त दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १५ निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका १५ निर्णय :

१. भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलूकहरूको समूह (G2O) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाश शरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।

२. आर्थिक वर्ष २०८०/८१ को लागि मोटा धान प्रति क्विन्टल ३ हजार १९८ रूपैयाँ र मध्यम धान प्रति क्विन्टल ३ हजार ३६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने ।

३. नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण गर्नको लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं. २ र ३ स्थित करिब ७३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

४. अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद २०८० । ६ । २५ गतेसम्म थप गर्ने।

५. थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग प्रकाश साउदको नेतृत्वको लिन परराष्ट्रमन्त्री श्री नारायण प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।

६. सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८०/०३/२६ बाट लागू हुने गरी एक महिना थप गर्ने ।

७. अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

८. नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको, सानोठिमीमा तोक्ने ।

९. आ.व. २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रूपमा न्यूनतम एकसय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ।व। २०८०/८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने ।

१०. पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

११. थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स. वडा नं. २ स्थित सामान्य प्रशासन मन्त्रालय ८९० वर्गमीटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने।

१२. निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने ।

१३. वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने।

१४. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२०क. बमोजिम म्याद थप भई चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौताबमोजिमको काम चालु रहेका खरिद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायका प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ख. बमोजिम बाधा अडकाउ फुकाउन आदेश जारी गर्ने ।

१५. आर्थिक वर्ष २०७९/८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने रकम ५ अर्ब ९ करोड २२ लाख स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स