ललिता निवास जग्गा प्रकरणको सम्बन्धमा सीआईबीले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । वालुवाटार स्थित नेपाल सरकारको (ललिता निवासको १४३ रोपनी) जग्गा संगठित रुपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण समेत गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरु उपर केन्द्रीय अनुसन्धान व्यूरोबाट सम्मानित काठमाडांै जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको व्यहोरा अवगत नै छ ।

प्रस्तुत कसूरको अनुसन्धानको क्रममा विभिन्न निकाय र महानुभावहरुबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरुप दिने कार्यमा थप प्रेरणा मिलेको छ र भविष्यमा समेत सहयोगको निरन्तरता रहने विश्वास लिएका छौं ।

हाल केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक सञ्जालहरुमा प्रस्तुत कसूरको तथ्यगत विषयहरुलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरुको नाम समेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तीहरुमा प्रकाशित सामग्री प्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ।

हाल यस व्यूरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रुपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।

प्रस्तुत कसूरमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति तथा पदाधिकारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षा गर्दै तथ्यपरक, निष्पक्ष र व्यावसायिक रुपमा प्रस्तुत कसूरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा हामी पूर्ण प्रतिवद्ध रहेको समेत सबैमा अनुरोध गर्दछौं

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स