काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
सोमबार, सुन प्रतितोला ८९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज भने ५ सय रूपैयाँले बढेर ९० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदी प्रतितोला ११ सय ६० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।