दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान, कसलाई कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले चिरख्वा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई असार २० गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

जसअनुसार, चिरख्वा हाइड्रोपावर लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिंङ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले भोजपुरमा ४.७ मेगावाट अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर मै ४.०६ मेगावाटको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यी सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स