पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हो ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८१६ पुगेको छ ।

देशभर थप १,०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स