काठमाडौं । देशभर थप १,०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना संक्रमणमुक्त भएका छन् ।