काठमाडौं । दशैं र तिहारलाई लक्षित गर्दै इसेवाले विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । जस अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ ।
यस्तै बम्पर उपहारमा सय रुपैयाँमा स्कुटर योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्नेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने इसेवाले जनाएको छ ।
यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । सेण्ड मनि दशैं क्याम्पेनमा ५ सय जनाले ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन् । यस्तै फ्ल्यास् अफर अन्तर्गत मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० सम्मको क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ ।
यो योजना असोज १८ देखि २७ गतेसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्ने इसेवाले जानकारी दिएको छ ।