ब्रिटिश कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो।

विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाई छ। साथै, कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतामा यो एउटा महत्वपूर्ण कोसेढुंगा सावित भएको उनले जानकारी दिए।

‘कलेजले अत्याधुनिक भिआर ल्याब सञ्चालनमा ल्याएकोले म धेरै खुशी छु। यस प्रकारका अत्याधुनिक ल्यावमार्फत विद्यार्थीहरुले डिजिटल युगको लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन्। साथै, गुणस्तरिय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता यस कार्यले पनि पुष्टि गरेको छ,’ सीईओ कँडेलले भने ।

कार्यक्रममा बोल्दै फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए, उनी भन्छन्, ‘ब्रिटिश कलेजको आफ्नो पाठ्यक्रममा भिआर समावेशले उत्साहित बनाएको छ। कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ । मलाई लाग्छ कि यो विद्यार्थीहरूको लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर हुनेछ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकासका लागि सहयोग गर्नेछ।’

भिआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेशन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्याउन सक्नेछन्।

कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले भने, ‘ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने यसले प्रष्ट गर्छ। भिआर ल्याव एउटा उदाहरणमात्र हो। कलेज भ्रमणका लागि उत्साहित सम्भावित विद्यार्थीहरूले यसको अनुभव लिन सक्नेछन्।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स