प्रेम गीत ३ डिशहोमबाट प्रदर्शन हुँदै

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सकुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारण बस हलसम्म यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ ।

‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभीओडीमा यो चलचित्र उपलव्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

एक्सभीओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेको फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा ध्क्ष्ँक्ष् म्यलनभि वा ीबल ऋबदभि जोडेर क्ष्लतभचलभत जोड्नुपर्ने हुन्छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स