शाओमीले ल्यायो दुई शक्तिशाली डेस्कटप मोनिटर, कति छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र उच्च–गुणस्तरीय उपकरणहरू ल्याउँदै आफ्नो उत्पादनहरु विस्तार गर्दै आएको छ । नेपालमा टेक्नोलोजी रुचाउनेहरूका लागि शाओमीले भर्खरै दुई शक्तिशाली डेस्कटप मोनिटरहरू मी २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी र मी डेस्कटप मोनिटर २७‘‘ इन्च लिएर आएको छ ।

मी २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी
मी २३.८‘‘ डेस्कटप मोनिटर १सी, एक कम्प्याक्ट र फिचर–प्याक मोनिटर हो जसले आकर्षक भिजुअल सँगै अत्याधुनिक प्रविधि प्रदान गर्दछ । २३.८ इन्च आईपीएस एफयाचडी डिस्प्लेले स्पष्ट डिटेलहरू प्रदान गर्दछ भने १७८‘‘ भियुइंग एंगल भएको यो मोनिटर विभिन्न कामहरु जस्तै ग्राफिक डिजाइनिङ, भिडियो इदिटिङ तथा मनोरञ्जनका लागि उत्कृष्ट रोजाइ हो । फुल याचडी रेजोलुशनले उत्कृष्ट र क्लियर दृश्य प्रदान गर्नुका साथसाथै १७८‘‘ भियुइंग एंगलले विभिन्न स्थानहरुबाट आरामदायी रुपमा हेर्न मद्दत गर्दछ । मी २३.८‘‘ डेस्कटप मोनिटर १सी, ६ एमएस फास्ट रेस्पोन्स र ६०Hz रिफ्रेस रेटसँग सुसज्जित छ र यसले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्दछ । यस मोनिटरमा रिफ्रेस रेटसँग रहेको ग्राफिक कार्डले थप इमर्सिभ गेमिङ अनुभवको लागि स्क्रिन टिएरिङ्ग र स्टटरिङ्गको समस्या हटाउँछ ।

मी डेस्कटप मोनिटर २७“
ठुलो डिस्प्ले रुचाउनेहरूका लागि मी डेस्कटप मोनिटर २७“ ले दृश्यात्मक रूपमा मनमोहक अनुभव प्रदान गर्दछ । यसको २७–इन्च आईपीएस एफयाचडी डिस्प्ले (१९२०८१०८० पिक्सेल) को साथमा, यो मोनिटरले गर्ने कार्यहरू जस्तै डिजाइन र कन्टेन्टको लागि आकर्षक र विस्तृत दृश्यहरू प्रदान गर्दछ । आईपीएस प्यानलले विभिन्न स्थानहरूबाट हेर्दा एकरूप रंगहरू र उत्कृष्ट दृश्यहरु सुनिश्चित गर्दछ । मी डेस्कटप मोनिटर २७“ को ७५Hz रिफ्रेस रेट र ६एमएस रेस्पोन्स समयले सहज भिजुअलहरू प्रदान गर्दछ र द्रुत–गति गेमिङको समयमा हुने समस्याहरु कम गर्छ । तपाईंका जटिल परियोजनाहरूको काम होस् वा गेमिङको रमाइलोमा झुम्न, यो मनिटरले दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।

संक्षिप्त
दुबै मोनिटरहरू पातलो र आकर्षक डिजाइनमा आधारित छन् र त्यसैगरी अल्ट्रा–थिन बेजेलले स्क्रिनलाई अधिकतम ठाउँ दिने र थप इमर्सिभ अनुभव प्रदान गर्दछ । मी २३.८“ डेस्कटप मोनिटर १सी, १५” पछाडि र ५” अगाडि ढल्काउन सकिन्छ भने मी डेस्कटप मोनिटर २७“, २१‘‘ पछाडि र ५‘‘ अगाडि ढल्काउन सकिन्छ जसले गर्दा आफ्नो अनुकूलता अनुसार यी मोनिटरहरुलाई मिलाउन सकिन्छ । मी २३.८“ डेस्कटप मोनिटर १सी र मी डेस्कटप मोनिटर २७“ दुबै ऊर्जा खपतलाई ध्यानमा राखेर डिजाइन गरिएको छ भने कम पावर खपतमा पनि प्रभावशाली प्रदर्शन प्रदान गर्दछ, जसले गर्दा बिजुलीको बिलमा बचत गर्न मात्र नभई वातावरणीय प्रभावलाई कम गर्न पनि मद्दत गर्दछ ।

कनेक्टिभिटी
कनेक्टिभिटीमा शाओमीले एचडीएमआई, भीजीए र अडियो सहित विभिन्न कनेक्टिभिटी अप्सनहरूले प्रयोगकर्ताहरूलाई विभिन्न उपकरणहरू एकै साथ जडान गर्न र तिनीहरूको पूर्ण लाभ उठाउन मद्दत गर्दछ । यससँगै मोनिटरहरू भित्ता माउन्ट गर्न मिल्ने भएका हुनाले डेस्क स्पेस जोगाउने काम पनि गर्दछन् ।

मूल्य
नेपालमा मी २३.८“ डेस्कटप मोनिटर १सी र मी डेस्कटप मोनिटर २७“ को आगमनसँगै, शाओमीले विभिन्न प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने शक्तिशाली र किफायती उपकरणहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राखेको छ । एक डिजाइनर, गेमर, वा सामान्य प्रयोगकर्ता जोसुकैलाई पनि यी मनिटरहरूले प्रदर्शन, अत्याधुनिक फिचरहरु र किफायतीको संयोजनसँगै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
मी २७” डेस्कटप मोनिटर र मी २३.८” डेस्कटप मोनिटर १सी को बजार मूल्य २२,९९९ रूपैयाँ र १९,९९९ रूपैयाँ रहेको छ र नेपालभरका सबै आधिकारिक मी स्टोरहरूमा यी मोनिटरहरु उपलब्ध रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स