बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दे असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स