काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शंकास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त वस्तु आज बिहान ८ः३० बजे फेला परेको थियो ।