पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा.प्रदिप ढकालका विरुद्धमा साढे १ करोड बिगोसहितको मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले गैरकानूनी रुपमा आर्जन गरेको एक करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै आयोगले मुद्दा दायर गरेको हो । ढकालले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिमध्ये आयोगले ६ करोड ३९ लाख ९३ हजार रुपैयाँको स्रोत भेटाएको छ । तर, उक्त अवधिमा उनले ७ करोड ८४ लाख रुपैयाँ खर्च गरेका छन् ।

ढकालले सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ गतेदेखि सम्पत्ति विवरण पेस गरेको २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको आयोगले जनाएको छ।

‘खर्च तथा लगानी भएको देखिंदा वैधानिक स्रोत खुल्न नसकेको लगानी एवम् सम्पत्ति एक करोड ४४ लाख ११ हजार रुपैयाँ रहेको हुँदा सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिएको छ । साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग १ करोड ४४ लाख ११ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको देखिन्छ,’ आयोजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ढकालले पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स