काठमाडौं। भक्तपुर नगरपालिकाले २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।
भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ।
खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/bhaktapur-budget-purnapath.pdf” cache=”off”]