जसपाको ३ दिने विधान अधिवेशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आजबाट तीन दिनसम्म विधान अधिवेशन सुरु हुँदैछ । पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुनेछ ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने सो पार्टीले जनाएको छ । विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ६१ प्रतिनिधि सहभागी हुनेछन् । सहभागी भएका प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । समूहगत छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए।

आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको थियो । विधान अधिवेशन यसअघि गएको चैत २७, २८ र २९ गते गर्ने निर्णय गरिएको भए पनि विभिन्न कारणले सरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स