पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको छ।

पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

शाहले ३ दशक बढी बैंकिङ क्षेत्रमा बिताइसकेका छन्। उनले नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स