प्रिज्मा एड्भर्टाईजिङको ३० औं वार्षिकोत्सव मनाइयो

काठमाडौं । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औं वार्षिक उत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।

त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ । रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवात माझैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।

प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको छ । प्रिज्माले सधैं आफुलाई विकसित उद्योगसँग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरुको माग र अपेक्षाहरुलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मूख्य विशेषताहरु – रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेशन तथा सामाजिक संजाल र डिजिटल मार्केटिंग रहेका छन् ।

प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडे लगायत थुप्रै ग्राहकहरुका लागी सफलतापूर्वक अभियानहरु कार्यन्वयन गरेको छ ।प्रिज्मा एड्भर्टाइजिंगका सिइओ श्री रञ्जीत आचार्यले भने, ‘हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सपलताहरुको प्रतिबिम्ब गराएको छ । हामीमा सधैं विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको छ ।’

उनले थप भने, ‘हामीले हाम्रा उपलब्धिहरुको बावजूद कहिल्यै विश्राम लिएनैं र सधैं सफलताको होडबाजीमा लागि रहयौं । हामीले हाम्रो यो उच्च मापदण्डहरुलाई कायम राख्न कडा मेहनत गरेका छांै र निकट भविष्यमा पनि हामीले आफुलाई अझै विकसित गर्दै आफ्नो स्थानलाई अझै बढाउन प्रतिबद्ध रहेका छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स