हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं ।  हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले बुधबार महानगरलाई उक्त आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

भृकुटीमण्डपमा जेठ ३२ गतेदेखि सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । महानगर शिक्षा विभाग सहित महानगरको प्रहरीले नतिजा नै नआइकन स्टल राखेर विद्यार्थी र अभिभावकलाई लोभ्याउने काम गरेको भन्दै महानगरले स्टल बन्द गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स