काठमाडौं उपत्यकामा मात्र २५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएको हो ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८८५ रहेको छ ।

देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स