काठमाडौं । देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७,०७० पीसीआर परीक्षणमा ५७४ र ३,८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ भने १,४०५ जना संक्रमणमुक्त भएका छन् ।