काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोग बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यस अघि आयोगका सदस्यहरू मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्मेवारी दिएको हो ।
दाहाल अर्थ मन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थ सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।